सोमबार, १५ डिसेम्बर २०२५

लेवान्डोस्कीलाई भित्र्याउन पिएसजी र म्यानचेस्टरको चासो

News Image
AFP
• • •

वायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीका लागि विश्वका दुई ठूला क्लब पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेडले लोभलाग्दो प्रस्ताव गरेको जर्मनीबाट प्रकाशित हुने म्यागजिन किकरले विहिबार जनाएको छ।

लेवान्डोस्की २०२१ सम्म वायर्नको अनुबन्धनमा छन्। वायर्नले छोटो समयका लागि मात्र उनको अनुबन्धनको मिति थप्ने बताएपछि उनी क्लबको निर्णय प्रति खासै खुसी छैनन्। २०२१ पछि एक वर्ष मात्र उनको अनुबन्धनको मिति थप गर्ने क्लबको योजना छ।

‘यतिबेला उनीसँग म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेनले प्रस्ताव राखेको छ,’ म्यागजिनले लेखेको छ।

३० वर्षीय पोलिस स्ट्राइकरले वायर्नका लागि २ सय ४० खेलमा १ सय ८९ गोल गरेका छन्। उनी २०१४ देखि जर्मनी क्लबमा आवद्ध छन्।
गत सिजन पनि उनी रियल म्याड्रिडमा आवद्ध हुने हल्ला चलेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!