राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडपर्वले नेपालीलाई एकतामा बाँधेको बताएका छन्।
नेपालीको महान् चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत् ११४० का उपलक्ष्यमा बागलुङ नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाली विचारले अलग अलग भए पनि धर्मका कारण एकताबद्ध बनाएको उल्लेख गरे ।
उनले धर्मका नाममा विश्वमा ठूला युद्ध भए पनि नेपालमा त्यस्तो कहिलै नभएको भन्दै नेपालीको महान् पर्वले सबैलाई समृद्धिको बाटोमा लैजाने बताए । “कहिलेकाहीँ नेपाली लोभ, मोहका कारण चिप्लिएका छन्”, नेता केसीले भने, “अन्तमा धर्मका कारणले गर्दा फुट हुन सक्दैनन्, त्यहीँ नै नेपालीको मुख्य विशेषता हो ।”
उनले भूमिगत समयको दशैँलाई स्मरणसमेत गरे । उनले विजया दशमी नेपालीको मेलमिलापको चाड भएको हुँदा यसको महत्व अझैसम्म कायम रहेको उल्लेख गर्दै संसारको अगाडि हामी सबै नेपाली मिलेर जानुको विकल्प नभएको बताए ।
“साना कुरामा नेपालीहरु झगडा गर्छन् तर धर्मका नाममा झगडा भएको सुनिँदैन, यो नै विश्वका लागि सकारात्मक सन्देश हो”, पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले भने । कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नरबहादुर थापा, नगरपालिकाका प्रमुख जनकराज पौडेल, विभिन्न राजनैतिक दल, समाजसेवी र पत्रकारको उपस्थिति रहेको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया