नेपालमा जारी आठौं बृहत राष्ट्रिय खेलकुदको पौडी अमेरिकाका नाथन दोर्जी शेर्पाले नयाँ राष्ट्रिय कीर्तिमान सहित एक स्वर्ण जितेका छन्।
गैरआवासीय नेपालीका तर्फबाट सहभागी शेर्पाले ४ सय मिटर फ्रिस्टायलको स्पर्धामा ४ मिनेट ३३ दशमलव ०९ सेकेन्डको समय निकाल्दै नयाँ कीर्तिमान बनाए।
यसअघि उनले ८ सय मिटर फ्रिस्टायल र २ सय मिटर बटरफ्लाईमा नयाँ र्कीतिमानसहित स्वर्णपदक जितेका थिए। उनले ८ सय मिटर फ्रिस्टायल ९ मिनेट १७ सेकेन्डमा र २ सय मिटर बट्रफ्लाई २ मिनेट १८ दशमलव १० सेकेन्डमा पूरा गरेका थिए।
पहिलोपटक गैरआवासीय नेपाली(एनआरएन) लाई पनि सहभागी गराइएको आठौं बृहत राष्ट्रिय खेलकुदमा विदेशमै जन्मिएर स्वर्ण जित्ने नाथन पहिलो खेलाडी हुन्। उबरचालक फुदोर्जी शेर्पाका छोरा नाथन ७ वर्षको उमेरदेखि अमेरिकाको न्युयोर्कस्थित ‘ट्वीस्टर स्विमिङ क्लब’मा पौडी सिकिरहेका छन्। उनी हाल न्युयोर्कस्थित एभिएसन हाइस्कुलमा १० कक्षामा अध्ययनरत छन्।
नागनले आठौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत मंगलबार २ सय मिटर ब्याक स्ट्रोक र १ सय मिटर बट्रफ्लाईमा प्रतिस्पर्धा गर्दैछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया