हाम्रो आफ्नै विचार छ, ‘सी पथ’मा गयो भन्नु बौद्धिकहरुको अबौद्धिक तर्क हो: प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सी पथ अनुशरण गर्यो भनिनुको कुनै अर्थ नरहेको बताएका छन् । प्रधानमन्त्रीले कसैको सिद्धान्तबारे सुन्दैमा त्यही सिद्धान्त अनुशरण गरेको भन्न नमिल्ने बताए ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले नेपाल र चीनको आ–आफ्नै मौलिक सिद्धान्त रहेको पनि बताए ।

उनले भने, ‘हिजो मेरो कुरा सुन्नु भयो होला, महात्मा गान्धीको विचारबारे लामो बोलेँको थिएँ, मैले माहात्मा गान्धीको विचारबारे बोलेँ भन्दैमा उनकै विचार लागू हुन्छ त ?’ उनले थपे, ‘हाम्रो आफ्नै विचार छ । वौद्धिकहरुले अबौद्धिक तर्क गरेका मात्रै हुन् । हामीले कसैको कुरा भन्दैमा त्यसको विचार अँगाल्ने भन्ने हुँदैन ।’

प्रकाशित मिति: : 2019-10-03 14:43:58

प्रतिकृया दिनुहोस्