म्यानचेस्टर युनाइटेड एभर्टनसँग लज्जास्पद हार व्यहोरेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा शीर्ष चारको होडमा रहेको म्यानचेस्टर युनाइटेड एभरटनको घरेलु मैदानमा ४-० को फराकिलो अन्तरले पराजित भएको हो।
एभरटनलाई जिताउन रिचार्लीसन, गिल्फी सिगर्डसन, लुकास डीग्ने र वालकटले एक एक गोल गरे।
खेलको १३औं मिनेटमा रिचार्लीसनले गोल गर्दै घेलु टोलीलाई सुरूवाती अग्रता दिलाए।
खेलको २८ औं मिनेटमा गिल्फी सिगर्डसनले इड्रीसा गेयेको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २ गोलको अग्रता लिएको घरेलु टोलीले दोस्रो हाफमा थप दुई गोल गर्यो।
दोस्रो हाफको ५६ औं मिनेटमा लुकास डीग्नेले गोल गर्दै अग्रता तेब्बर पारे।
खेलको ६४ औं मिने६मा थियो वालकटले गोल गर्दै एभरटनलाई फराकिलो अग्रता दिलाए।
यसपछि दुबै टोलीबिच गोल हुन नसक्दा युनाइटेडले लज्जास्पद हार व्यहोर्यो।
यो हारसँगै युनाइटेडले शीर्ष ४ मा प्रवेश गर्ने मौका गुमाएको छ। युनाइटेडले ३४ खेलमा ६४ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको टोटेनहमले ३४ खेलमा ६७ अंक जोडेको छ। ३३ खेल खेलेको चौथो स्थानको आर्सनल र ३४ खेल खेलेको पाँचौ स्थानको चेल्सीको समान ६६ अंक छ। शीर्ष स्थानमा रहेको लिभरपुलको ८८ अंक रहँदा दोस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटीको ८६ अंक छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया