भारतकाे शक्तिशाली ठाकरे परिवार ५३ वर्षपछि राजनीतिमा

Agency

भारतको सबैभन्दा शक्तिशाली राजनीतिक परिवार मानिने मुम्बईको ठाकरे परिवारको तेश्रो पिढीको सदस्यले पुरानो मान्यतालाई तोडदैं चुनावमा भाग लिने घाेषणा गरेका छन्।

शिवसेनाका पूर्व सुप्रिमो बालासाहेब ठाकरेका नाती आदित्य ठाकरे पहिलो पल्ट चुनाव लड्दैछन्।

उनले बिहीबार मुम्बईको वर्ली सीटका लागि नामाकंन दर्ता गरेका छन्। शिवसेनाका युवा विङका अध्यक्ष आदित्यले नामाकंन दर्ता गरेपछि मुम्बईको सडकमा शिवसेनाका कार्यकर्ता अभिनन्दन गर्दै गरेको देखा परेका थिए। उनीहरुले आदित्यलाई फुल र मालाले स्वगत गरे।

यसरी आयो चिनियाँ राष्ट्रपति सि जिनपिङको सुरक्षा रेकी गर्न विशेष विमान (भिडियोसहित)

आदित्यको राजनीतिमा उत्रिने निर्णयको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द फडणवीसले पनि स्वागत गरेका छन्। उनले बिहान फोन गरेर आदित्य ठाकरेलाई बधाई दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

आदित्यका बुवा तथा शिवसेना प्रमुख उद्धव ठाकरेले छोराको निर्णयको समर्थन गरे। उनले भने,‘जनताको सेवा गर्नु हामो परिवारको परम्परा हो। नयाँ पिढी नयाँ सोचका साथ अगाडि आएको छ। जनताको समर्थनका लागि आभारी छुँ।’

सन् १९६६ मा बालासाहेब ठाकरेले मराठीहरूको हक र हितका लागि भन्दै शिवसेनाको स्थापना गरेका थिए।

यसपछि ठाकरे परिवार भारतीय राजनीतिको सधै केन्दबिन्दुमा रहँदै आएको छ। शिवसेनाको स्थापना गरेपनि बालासाहेबले ठाकरे परिवारको कुनै सदस्यले चुनाव नलड्ने तथा संवैधानिक पद धारण नगर्ने घोषणा गरेका थिए।

बाटोमा मकै बेच्ने चिनियाँ तीन वर्षभित्र करोडपति भए

 

सन २०१४ मा आदित्यकाे ठूलो बुवा तथा महाराष्ट्र नवनिर्माण सेना प्रमुख राज ठाकरेले विधानसभाको निर्वाचन लडने इच्छा जाहेर गरेका थिए। तर उनी पछाडि हटे।

आदित्यले ५३ वर्ष लामो परम्परालाई तोडदै चुनाव लडने विषयमा प्रष्टीकरण दिँदै भने, ‘पुरै महाराष्ट्रको भ्रमण गरिसकेपछि मलाई लाग्यो, राजनीतिबाट धेरै मानिसको उद्दार गर्न सकिन्छ। उनीहरुको आवाज हामीसम्म पुग्न सकिरहेको छैन। म उनीहरुको आवाज बन्न चाहन्छु।’

आदित्यका लागि शिवसेनाका अर्का नेता सुशीलकुमार सिन्देले वर्लीस्थित आफनो संसदीय क्षेत्र छोड्न लागेका हुन्।

प्रकाशित मिति: : 2019-10-03 13:53:33

प्रतिकृया दिनुहोस्