युएई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु १९ विश्वकपमा छानिएको छ। मलेसियामा सम्पन्न एसियाली छनोटमा लगातार पाँचौ जित निकाल्दै युएई विश्वकप यु १९ का लागि छानिएको हो।
समूह चरणको अन्तिम खेलमा ओमानलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै युएई विश्वकपमा पुगेको हो।
ओमानले दिएको १०६ रनको लक्ष्य युएईले मात्र १२.१ ओभरमा बिना कुनै विकेट क्षति भेट्टायो।
युएईका लागि ओपनरद्वय सइद हैदार कप्तान आर्यन लाक्राले अर्धसतकीय पारी खेले। हैदरले २८ बलमा ५६ रन बनाउने क्रममा ८ चौका र १ छक्का प्रहार गरे भने। कप्तान लाक्राले ५४ बलमा ९ चौकासहित ५१ रन जोडे।
यसअघि प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली मलेसियालाई ५ विकेटले हराएको युएईले दोस्रो खेलमा नेपाललाई १ रनले हरायो। तेस्रो खेलमा कुवेतमाथि ७ विकेटको जित निकालेको युएईले चौथो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया