मुम्बईसँग फेरि हार्‍यो कोहलीको बैंग्लोर

तस्बिरः एजेन्सी

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले सातौं हार व्यहोरेको छ।

१७३ रनको लक्ष्य पछ्याएको मुम्बई ६ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा गर्‍यो। मुम्बईका लागि क्वेन्टन डेककले सर्वाधिक ४० रन बनाउँदा अन्त्यमा एकै ओभरमा २१ रन जोडेका हार्दिक पाण्ड्याले ३७ रनमा अभिजित रहे। उनले २ छक्का र ५ चौका प्रहार गरे। सूर्यकुमार यादवले २९ रन बनाउँदा कप्तान रोहित शर्माले २८ रन जोडेर आउट भए। इसान किशाने २१ रन बनाउँदा क्रनाल पाण्ड्याले ११ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रनको लक्ष्य दिएको थियो।

बैंग्लोरका लागि एबी डी भिलियर्स र मोइन अलिले अर्धशतकीय इनिङ्स खेले पनि जिताउन सकेनन्।

डिभिलियर्सले ७५ रन बनाउने क्रममा ५१ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे। ३२ बल खेलेका मोइन अलिले ५० रन बनाएर आउट भए। उनले ५ छक्का र १ चौका प्रहार गरेका थिए।

ओपनर पार्थिब पटेलले २८ रन बनाउँदा कप्तान बिराट कोहली ८ रनमा पभेलियन फर्किए।

मुम्बइका लासिथा मांलिगाले सर्वाधिक ४ विकेट लिए। हार्दिक पाण्डेय र जेसनले १-१ विकेट लिएका थिए।

यो जितसँगै ८ खेलबाट ५ जितसहित १० अंक जोडेको मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दुई अंक जोडेको बैंग्लोर पुछारमा कायमै छ।

तालिकामा चेन्नई १२ अंकसहित शीर्ष स्थानमा छ। दिल्ली क्यापिटल्स १० अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-04-15 23:59:24

प्रतिकृया दिनुहोस्