चेल्सीलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार चेल्सीलाई २-० गोल अन्तरले हराउँदै लिभरपुल पुनः शीर्ष स्थानमा फर्किएको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र मोहमद सलाहले एक-एक गोल गरे । दुबै गोल दोस्रो हाफमा भएको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलाए। त्यसको दुई मिनेटपछि ५३ औं मिनेटमा सलाहले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।
त्यसपछि दुबै टोलीले गोलका केही राम्रा अवसर खेर फाल्दा लिभरपुलले २-० को सहज जित हात पार्यो।
यो जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ।
एक खेल बढी खेलेको लिभरपुलको ३४ खेलबाट ८५ अंक भएको छ। यो सँगैलिभरपुलले लिग उपाधि जित्ने सम्भावना बलियो भएको छ। एक खेल कम खेलेको सिटीको ८३ अंक छ। सिटीले आजै भएको खेलमा क्रिष्टल प्यालेसलाई २-१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो। तर केही समयपछि लिभरपुल पुनः शीर्ष स्थानमा फर्किएको हो।
पराजित चेल्सीको ६६ अंक छ। चेल्सी लिगको चौंथो स्थानमा छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया