बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा म्यान्चेष्टर युनाइटेडलाई हराएको छ।
लुक शअको आत्मघाती गोलको सहयोगमाबार्सिलोनाले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो।
खेलको १२औं मिनेटमा लुक शअले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो।
कप्तान लियोनेल मेसीको पासमा लुइस सुआरेजको प्रहारलाई गोललाइनबाट रोक्ने प्रयास गर्दा लुकले आत्मघाती गोल गर्न पुगेका थिए। अफसाइड भएको भन्दै सुरूमा उक्त गोललाई मान्यता नदिए पनि भिएआरको सहायतामा पछि मान्यता दिइएको थियो।
बुधबार रातिको खेलमा बार्सिलोनाले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा गोल अन्तर बढेन। म्यानचेस्टर युनाइटेडले पनि गोलका केही राम्रा प्रयास गरेपनि गोल गर्न नसक्दा घरेलु मैदानमा हार व्यहोर्नु पर्यो।
यो जितसँगै बार्सिलोनाले खेलमा अग्रता लिएको हो। अब दोस्रो लेग बार्सिलोनको घरेलु मैदानमा आगामी अप्रिल १७ अप्रिलमा हुनेछ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया