इण्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पञ्जावले विजयी सुरूवात गरेको छ। सोमबार साँझ भएको प्रतियोगिताको चौथो खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदै किङ्स इलाभेन पञ्जावले विजयी सुरूवात गरेको हो।
जयपुरस्थित राजस्थानको घरेलु मैदानमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेसँगै पञ्जावले पहिलो खेलमै जित निकालेको हो ।
पञ्जावले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो।
उसका लागि जोस बट्लरले सर्वाधि ६९ रन बनाए। ४३ बल खेलेका उनले १० चौका र दुई छक्का प्रहार गरेका थिए। यस्तै अजिन्क्या रहाणेले २७ रन बनाउँदा सन्जु स्यामसनले ३० तथा स्टेभेन स्मिथले २० रन जोडेका थिए। अन्य खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन्।
राजस्थानलाई सस्तैमा रोक्न स्याम कुरान र मुजिब उर रहमानले समान दुई-दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनायो। पञ्जावका लागि ओपनर क्रिस गेलले उत्कृष्ट ब्याटिङ गरे। १६ ओभरको पाँचौ बलमा बेन स्ट्रोक्सले राहुल त्रिपाठीबाट क्याच गराउनुअघि गेलले ४७ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ७९ रनको महत्वपूर्ण योगदान दिए ।
ओपनर केएल राहुल ४, मयंक अग्रवाल २२ रनामा आउट भए। सरफराज खानले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे। निकोलस पुरनले १२ रन जोडे। राजस्थानका लागि बेन स्ट्रोक्सले ४ ओभरमा ४ रन खर्चेर २ विकेट लिए । त्यस्तै धवन कुलकर्णी र कृष्णप्पा गौतमको नाममा समान एक विकेट रह्यो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया