अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले सर्वियासँग बराबरी खेलेको छ।
बुधबार राति भएको खेलमा जर्मनीले घरेलु मैदानमा सर्बियासँग १-१ गोलको बराबरी खेलेको हो।
खेलको १२ औं मिनेटमा लुका जोभिकले गोल गर्दै सर्बियालाई सुरूवाती अग्रता दिलाएका थिए।
पहिलो हाफसम्म १-० ले पछि परेको घरेलु टोलीका लागि खेलको ६९ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।
यस्तै खेलको इन्जुरी समयमा मिलान पाभकोभले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो। यद्यपी जर्मनीले त्यसको फाइदा उठाउन सकेन।
पाभकोभले लोरी सानेलाई खराब ट्याकल गरेसँगै उनलाई रेफ्रीले रातो कार्ड दिएका थिए।
पाभकोभले सानेको देब्रे खुट्टाको नली खुट्टामा टेकेका थिए। जसको कारण सानेको हड्डीसमेत भाँचिएकोबताईएको छ ।
युरोकप छनोटको तयारीमा रहेका जर्मनी र सर्बियाले मैत्रीपूर्ण खेल खेलेका हुन्।
जर्मनीले आइतबार नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसँग खेल्ने छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया