क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै युभेन्टसले एट्लेटिको मड्रिडलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिकोलाई ३-० ले हराउँदै समग्रमा ३-२ को जित हात पारेको छ। पहिलो लेगमा एट्लेटिकोसँग २-० ले पराजित भएको युभेन्टसले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम ८ मा स्थान पक्का गर्यो।
युभेन्टसको जितमा रोनाल्डोले ह्याट्रिक गरे।
खेलको २७ औं मिनेटमा हेडिङमार्फत गोल गर्दै रोनाल्डोले घरेलु मैदानमा आफ्नो टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए।
पहिलो हाफसम्म १-० ले अघि रहेको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल थप्यो। दोस्रो हाफको सुरूमै खेलको ४८ औं मिनेटमा पुन: हेडिङमार्फतनै रोनाल्डोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
खेलको ८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फाउल भएपछि युभेन्टसले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा रोनाल्डोले चुकेनन्। यो सँगै उनले आफ्नो ह्याट्रिक तथा टोलीको उत्कृष्ट पुनरागमन सुनिश्चित गरे।
यो जितसँगै युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ।
यसअघि म्यानचेस्टर सिटी, आयाक्स, म्यानचेस्टर युनाइटेड, पोर्टो र टोटनह्याम अन्तिम ८ मा छनोट भइसकेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया