इगल्याण्डले वेस्ट इन्डिजविरूद्धको तीन टी २० शृंखला क्लिनस्वीप गरेको छ। अन्तिम खेलमा आइतबार राति वेस्टइन्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले शृंखला ३-० ले जितेको हो।
७२ रनको सामान्य लक्ष्य पछ्याएको इंगल्याण्डले १०.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
इंगल्याण्डको जितमा ओपनर जोनी बेस्ट्रोले ३७, एलेक्स हेल्सले २० रतथा कप्तान ईयान मोर्गनले १० रन बनाए। जो रूट ४ रनमा अविजित रहे।
वेस्ट इन्डिजका कप्तान जोसन होल्डर र देवेन्द्र विशुले एक एक विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिज १३ ओभरमै अल आउट हुँदै ७१ रनमा समेटियो।
वेस्ट इन्डिजका लागि जोहन क्यापवेल, जोसन होल्डर, निकोलस पुरनले समान ११ र आबेद म्याकोयले १० रन जोड्नबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
इंग्ल्यान्डका डेविड वेल्लीले ३ ओभरमा ७ रन खर्चेर ४ विकेट लिँदा मार्क वुडले ३, आदिल राशिदले २ र जो डेनलीले १ विकेट लिएका थिए।
पहिलो खेलमा ४ विकेटले विजयी भएको इंल्याण्ड दोस्रो खेलमा १ सय ३७ रनले विजयी भएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया