जापान र सिंगापुरकाे पासपोर्ट विश्वको शक्तिशाली , नेपाल १ सय १ स्थानमा

Agency

विश्वको सबैभन्दा ‘पावरफुल’ पासपोर्टको सूचीमा एशियाका दुई देश जापान र सिंगापुरको नाम अघिल्लो पंक्तिमा देखिएको छ। लन्डनमा बुधबार जारी रिपोर्टअनुसार यी दुई देशका पासपोर्टधारीले विश्वको १ सय ९० देशमा सहजै घुमफिर गर्ने गरेका छन्।

यो सूचीमा जर्मनी, फिनल्यान्ड र दक्षिण कोरिया दोस्रो नम्बरमा रहेको छ। यी तीन देशका नागरिकले १ सय ८८ देशमा सहजै आवतजावत गर्न पाउँछन्।

तेस्रो नम्बरमा डेनमार्क, लक्जम्बर्ग र इटालीको पासपोर्ट रहेको छ। यी देशको पासपोर्टधारी १ सय ८७ देशमा सहजै घुम्न पाउँछन्।

फ्रान्स, स्वीडेन र स्पेन चौथो नम्बरमा पर्छ। यो देशका पासपोर्टधारी १ सय ८६ देशमा मज्जाले घुम्न सक्छन्। पाँचौ नम्बरमा अस्ट्रिया, नेदरल्यान्ड र पोर्चुगल रहेको छ।

यो देशका नागरिक सहजै १ सय ८५ देशमा घुमफिर गर्न पाउँछन्।

अमेरिका, बेलायत, क्यानडाजस्ता देश छैटौं नम्बरमा छन्। यो देशका नागरिकले १ सय ८४ देशमा सहज घुमफिर गर्न पाउँछन्। अस्ट्रेलिया नवौं नम्बरमा छ। अस्ट्रेलियाली नागरिकले १ सय ८१ देशको यात्रा सहजै गर्न पाउँछन्।

नेपालको पासपोर्ट विश्वको कमजोर मुलुकहरुमा पर्छ। नेपाली पासपोर्टधारीले ३८ देशमा मात्र सहजै यात्रा गर्न सक्छन्। नेपाल १ सय १ नम्बरमा पर्छ।

 

प्रकाशित मिति: : 2019-10-02 19:57:21

प्रतिकृया दिनुहोस्