असुरक्षित वैदेशिक रोजगारः चालू आवको प्रथम चौमासिकमा २५१ नेपालीको मृत्यु

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २५१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा आठ महिला र २४३ पुरुष छन् । गत साउनमा दुई महिलासहित ५८ पुरुष, भदौमा दुई महिलासहित ५८ पुरुष, अशोजमा ४७ र कात्तिकमा ८० जनाले ज्यान गुमाएका वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।

प्रथम चौमासिकमा बोर्डले प्रतिमृतक रु सात लाखको दरले २५१ मृतकका हकवालालाई करिब रु १७ करोड ५७ लाख आर्थिक सहायता उपलब्ध गराएको छ । बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भएमा निजको नजिकको हकवालालाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: : 2019-12-10 07:41:01

प्रतिकृया दिनुहोस्