काठमाडौंका स्मार्ट डस्टविन महानगरवासीले देखेनन् !

‘ए यो फोहोर फाल्ने ठाउँ हो ? मलाई त थाहै थिएन,’ माइतीघरमा पैदल लम्किरहेका उत्तमबहादुर गजमेर भन्दै थिए । माइतीघरबाट भद्रकालीतर्फ जाने एकतर्फी सडकको मुख नजिकै राखिएको डस्टबिनबारे हामीले उनलाई सोधेका थियौ ।

सडकको किनारामा सोलार बत्तीसहित राखिएको चिट्टिक्क परेको स्मार्ट डस्टबिनलाई उनले चार्जिङ स्टेसन भन्ठानेका रहेछन् ।

‘म बसन्तपुर भन्दा भित्र बस्छु, दैनिक हिडेरै बबरमहलसम्म पुग्छु’ उनले भने, ‘यो बाटो म सधै हिड्ने भए पनि यहाँ फोहोर फाल्नु पर्छ भन्ने कुरो कहिल्यै बुझिन बोरु बसहरु चार्ज गर्ने ठाउँ हो कि भन्ने लागेको थियो ।’

सोही ठाउँमा भेटिएकी एक महिला त फोहोर फाल्ने ठाउँ हो भन्ने सुन्नेवित्तिकै अचम्ममा परिन् । ‘दिदी यहाँ फोहोर फाल्ने भाडो राखिएकोबारे जानकारी छ हजुरलाई ?’ हामीले सोधेको प्रश्नमा उनी अक्क न बक्क भइन् ।

पुनः प्रश्न दोहोर्‍याएपछि उनले भनिन्, ‘जिस्किनु भएको ? यति राम्रो भाँडोमा पनि फोहोर फाल्छन् र ?’

यसबारे आफूलाई केही थाहा नभएको भन्दै उनी थप कुराकानी गर्न चाहिनन् ।

 

प्रकाशित मिति: : 2019-12-08 11:06:01

प्रतिकृया दिनुहोस्