चरालाई नै खाइदिनेदेखि मान्छेको ज्यानै समेत लिनसक्ने भयानक माकुराहरु

कालो रौं भएको माकुरो, जसको आकार हाम्रो मुट्ठीजत्रो हुन्छ । सानो गुलाबी माकुरो, जसको आकार आलपीनको टुप्पो जत्रै मात्र हुन्छ । माछा मार्ने माकुरो हुन्छ, पौडी खेल्ने माकुरो पनि हुन्छ । माकुरो पहाडमा बस्छ, गुफामा पनि बस्छ । जालो बुनेर शिकार पक्रने माकुरो पनि हुन्छ, र जालो नबनाई बाघ सिंहले जस्तै झम्टेर शिकार गर्ने माकुरो पनि हुन्छ । गंगटो जस्तो देखिने माकुरो पनि हुन्छ र झिँक्रा (रुखको सुकेको मसिनो हाँगा) जस्तो देखिने माकुरा पनि हुन्छ । अर्थात् यस संसारमा धेरैथरिका विचित्र विचित्रका माकुराहरु पाइन्छन् । अहिलेसम्म ज्ञात भएअनुसार, यस संसारमा माकुराकै मात्र करीब ४३ हजारभन्दा बढी प्रजातिहरु फेलापरिसकेका छन् !

प्रकाशित मिति: : 2019-12-07 11:37:59

प्रतिकृया दिनुहोस्