‘झोले डाक्टर’ले लिए ५ जनाको ज्यान : योग्यताबिनै जथाभावी अप्रेसन

प्रधानमन्त्री केपी ओलीले साउनमा सिंगापुर पुगेर मिर्गौलाको उपचार गराए। मिर्गौला फेरेका ओलीले अहिले पनि सुविधा सम्पन्न अस्पतालमा औषधोपचार गराइरहेका छन्। उनी कार्यकारी पदमा रहेको मुलुकका नागरिक भने उपचारका लागि भारतीय ‘झोले डाक्टर’को भर पर्नुपरेको छ।

पश्चिम तराईका सीमावर्ती जिल्लामा सरकारी/निजी स्वास्थ्य सेवाको पहुँच छैन। यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन्। यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन्। यस्तै डाक्टरसँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनुपरेको छ। अप्रेसन गर्नसमेत पछि नपर्ने यी डाक्टरझोलामा औषधि राखेर गाउँ–गाउँ डुल्ने गर्छन्।

बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा अवैध मेडिकल सञ्चालन गरेका ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरले उपचार क्रममा २ महिनाको अवधिमा ५ जनाको ज्यान लिएको रहस्य खुलेको छ।

प्रकाशित मिति: : 2019-12-07 10:31:04

प्रतिकृया दिनुहोस्