सबै परीक्षार्थी अनुत्तीर्ण भएपछि कामदार जापान लैजाने परीक्षामा नेपालको प्रश्न

फाइल तस्बिर: बिएल

जापानमा नेपाली कामदार लैजान पहिलो पटक भएको परीक्षामा कुनै पनि नेपाली कामदार उत्तीर्ण नभएपछि नेपाल सरकारले परीक्षा प्रणालीमाथि नै प्रश्न उठाएको छ।

आवेदन दिएकामध्ये चिट्ठाका आधारमा परीक्षामा सहभागी गराइँदा सक्षम कामदारले समेत परीक्षा दिन नपाएकाले पनि यस्तो नतिजा आएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

नर्सिङ केयरगिभरका लागि आवेदन दिएका १३ हजारमध्ये सामान्य भाषा परीक्षामा पाँच सय जनालाई सहभागी गराइएको थियो जसकारण नेपाल र जापान सरकारबीच नेपाली कामदार लैजाने समझदारी भएसँगै देखिएको उत्साह पहिलो परीक्षामा निराशामा परिणत भएको छ।

नर्सिङ केयरगिभरका लागि कार्तिक महिनामा लिइएको भाषा र सीप परीक्षाको हालैको नतिजामा एकजना नेपालीले मात्रै भाषा परीक्षामा उत्तीर्ण भएको र सीप परीक्षामा कुनै पनि नेपाली उत्तीर्ण नभएको जापान फाउन्डेसनले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-06 08:47:06

प्रतिकृया दिनुहोस्