राजनीति त्यागेर भैंसीपालन

इटहरी- जंगलको मध्य भागमा खुल्ला चउर। रोमाञ्चक लाग्दो शान्त वातावरण। छेवैनिर नहरको डिल। डिलबाट भैंसीका आधा पाडा नहर पारी तरेर चउरमा पुगिसकेका थिए। आधा नहरकै डिलमा चरिरहेका देखिन्थे।

नहरकै डिलमा ऊनीको झोला भिरेका गोठाला, जो लामो लौरोमा मोटो ज्यान थमाएर उभिइरहेका थिए।बाराहक्षेत्र नगरपालिकाका शरसिंह लिम्बु हुन् उनी। विगत ५ वर्षदेखि भैंसी गोठालो हुँदै बित्छ उनको दैनिकी। 

शरसिंहको यो पुर्ख्यौली पेसा हो। बाबुले भैंसी गोठ चलाएको भएर आफू पनि यसैमा भिज्न सकेको उनी सुनाउँछन्। ‘पहिले बाटो बिराएर कताकता लागेँ। अहिले भर्खर जिन्दगी सही ढंगले चलाइरहेको छु,’ उनी हाँस्दै भन्छन्।

प्रकाशित मिति: : 2019-12-05 08:42:29

प्रतिकृया दिनुहोस्