'स्वर मिलेकै कारण म नारायण गोपालको दुश्मन बनेँ'

यो २०२९ सालतिरको कुरा हो। त्यति बेला म आमश्रोताहरूले चिन्ने गरी गायक भइसकेको थिइनँ।

काठमाडौंमा एउटा गायन प्रतिस्पर्धा गरिएको थियो। मैले 'लौ सुन म भन्छु मेरो राम कहानी' गाएको थिएँ। त्यो नारायण गोपालको गीत थियो। गोपाल योञ्जनको शब्द र संगीत समेटिएको।

त्यो गीत गाएरै म प्रथम भएँ।

मेरो यो प्रस्तुतिलाई लिएर 'नारायण गोपालसँग मिल्दोजुल्दो स्वर भएको गायक' भन्ने चर्चा फैलिएछ। त्यो सुनेपछि गोपाल योञ्जनले मलाई घर बोलाउनुभयो। उहाँको निम्तो लिएर पूर्ण नेपाली आउनुभएको थियो।

प्रकाशित मिति: : 2019-12-05 08:21:02

प्रतिकृया दिनुहोस्