सुनसरीमा दर्दनाक दुर्घटनाः एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको मृत्यु

तस्बिर : नेपाल न्यूज

सुनसरीमा दर्दनाक दुर्घटना भएको छ। गएराति साढे १२ बजे एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किदा ७ जनाको मृत्यु भएको छ ।

बिराटनगरको गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगन्जबाट विराटनगर आउँदै गरेको ट्रक एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता विनोद शर्माले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-01 13:22:00

प्रतिकृया दिनुहोस्