किमाथाङ्‍का नाकाः चीनको उच्च प्राथमिकता, नेपालतर्फ विकास शून्य

पारि चीनको भूभाग जोडिने देन्दाङ र चाँगाबजार झिलिमिली। वारिपट्टि नेपालतर्फको किमाथाङ्‍का भने सुनसान। चीन सरकारको प्राथमिकतामा रहेको किमाथाङ्‍का नाकाको नेपालतर्फ विकासको गति शून्य छ।

गत महिना नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले समेत किमाथाङ्‍का नाका विस्तारलाई चीनले प्राथमिकतामा राखेको बताएका थिए। सिमावर्ती क्षेत्रका बासिन्दा अझै पनि किनमेलका लागि चीनकै बजारमा आश्रित रहँदै आएका छन्।

उत्तरी नाकामध्ये सबैभन्दा कम उचाइ तथा मावनबस्तीसँगै रहेको नाका भएकाले किमाथाङ्‍कालाई चीन सरकारले महत्वसाथ लिएको छ। तर, नेपाल सरकारले नाकाको निगरानी गर्न १२ जना प्रहरी खटाएको छ।

प्रकाशित मिति: : 2019-11-30 19:04:17

प्रतिकृया दिनुहोस्