‘सम्पदामा जसको कौशल झल्किरहेको छ’

कतिपयलाई लाग्दो हो, नेपालमा सम्पदा पुनःनिर्माणको काम २०७२ मो शक्तिशाली भूकम्पपछि मात्रै सुरु भयो।  त्यसपछि मात्रै सम्पदाप्रति जागरुकता हायो र मोह पलायो । तर, त्यसो होइन् । केही व्यक्ति सम्पदाप्रति सदा समर्पित भएर लागिरहेका थिए र छन्। त्यसैमध्यका हुन् रोहित रञ्जितकार। 

रोहितले अध्ययन गर्ने समयमा नेपालमा उच्च तहसम्म आर्किटेकको पढाई हुँदैन थियो। उनले ललितपुरको पुलचोक इन्जिनियर क्याम्पसबाट प्लस टुसरहको सर्टिफिकेट लिएँ।  आफूले रुची भएको विषय नेपालमा पढ्ने वातावरण नभएपछि के गरौँ गरौँको अवस्थामा रोहित थिए। त्यहिबेला उनलाई रसियाबाट छात्रवृत्तिको अवसर प्राप्त भयो। 

‘मैले उतैबाट  मास्टर गरेँ।  पिएचडीको अध्ययनको शिलशिलामा म  १० महिना नेपालमा बस्थेँ। दसैंतिहारको विदामा रसिया जान्थेँ। आफ्ना गाइडलाई भेट्थेँ ।’ उनी रसियामा अध्ययनका लागि रहँदा त्यहाँ  आमूल परिवर्तन भयो। आर्थिक परिवर्तनसँगै संसारकै उच्च अपराधिक क्रियाकलाप पनि बढे ।  

प्रकाशित मिति: : 2019-11-30 11:11:26

प्रतिकृया दिनुहोस्