'नोचिनी' ले भेटायो पुराना दुई साथी

छेवाङ र सोनाम। तस्बिरः निशा भण्डारी/सेतोपाटी

नेपाली ब्रान्ड

अमेरिका पढ्न गएकी छेवाङ सादुतछाङ केही वर्षअघि नेपाल फर्किन्। धेरै समय बाहिरै बसेकाले उनलाई उतैको रहनसहनले छोइसकेको थियो। विशेषगरी खानपिनमा। चिनी भएका खानेकुरा त उनले खानै छाडेकी थिइन्।

नेपाल आएपछि अर्गानिक र चिनी नभएको जुस खोज्न उनी धेरै पसल र सुपरमार्केट चहारिन्। चित्तबुझ्दो कतै फेला परेन।

'यहाँ पाइने जुसमा चिनी छैन भनिए पनि हुन्थ्यो नै,' उनले सुनाइन्, 'मलाई चित्तै बुझेन। अरू कतिले यो समस्या भोगेका होलान् भन्ने लाग्यो।'

प्रकाशित मिति: : 2019-11-28 08:03:58

प्रतिकृया दिनुहोस्