भ्रष्टाचार नगर्ने प्रधानमन्त्रीलाई सोधौं– सिङ्गापुरमा कसको पैसाले उपचार गराउनुभयो ?

फाइल तस्बिर

उपनिर्वाचन आउन ५ दिनमात्रै बाँकी छ । मत खसाल्ने दिन नजिकिँदै जाँदा उमेदवारहरूलाई भ्याइनभ्याइ छ । पार्टीका शीर्षस्थ नेताहरूलाई पनि उत्तिकै चटारो छ । घरदैलो– कोणसभामा भ्याइनभ्याइ छ । सरकारको मध्यावधि समीक्षा भएकाले रिक्त स्थानबाहेकका मतदातालाई पनि उपनिर्वाचनको चासो छ । तर उत्तरपूर्वी भक्तपुरको दृष्य भने अलि फरक छ ।

प्रदेशसभाको निर्वाचन हुने कमलविनायकदेखि मास्तिरको क्षेत्रमा चुनावको चहलपहल खासै छैन । मतदाताहरू चोक–चौतारामा होइन बरु खेत–बारीमा छन् । चुनावभन्दा मङ्सिरकै चटारो छ त्यहाँ । मुख्य राजनीतिक दलले निर्वाचन लक्षित कार्यक्रम र घरदैलोमा पार्टीका प्रतिनिधि र मझौला तहका नेता खटाइरहेका बेला साझा पार्टीका संयोजक रवीन्द्र मिश्र आफैं मैदानमा खटिएका छन् ।

 
झण्डै सातदिन उनी कास्कीमा प्रतिनिधिसभाको निर्वाचन हुने क्षेत्रमा खटिए । पसिनासमेत नओभाई मिश्र भक्तपुर पुगे र आइतबार दिनभर घरदैलोमा सक्रिय रहे । भक्तपुरको दृष्यले उनलाई बेचैन पनि बनायो । केही दिनअघि भत्केकोपाटी–नगरकोट जोड्ने १६ किलोमिटर सडक ठेक्का–सम्झौताको सातवर्षसम्म पनि नबनेको भन्दै स्थानीयबासी विद्रोहमा उत्रिएको खबर सुनिएको थियो । नगरकोटका होटल–व्यवसायीले आक्रोशस्वरूप ठेकेदार शारदा अधिकारीको तस्बिर घरको कम्पाउण्डमा, गाडीका हुटहुटमा टाँसेको खबर बाहिरिएको थियो ।
प्रकाशित मिति: : 2019-11-25 11:02:39

प्रतिकृया दिनुहोस्