ठूला विद्यार्थी बेन्चमा साना चिसो भुइँमा

तस्बिर : गोरखापत्र

सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालय बसबरिया गाउँपालिकाको अगाडिपट्टी छ ।

डेस्क बेन्चको अभावमा कलिला बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्न बाध्य भएका हुन् । विद्यालयमा उपलब्ध डेस्क बेन्च माथिल्लो कक्षाका विद्यार्थीले प्रयोग गर्दा साना बालबालिका चिसो भुँइमा बसेर पढ्नु परेको हो । गाउँपालिका कार्यालयकै अगाडि रहेको सो विद्यालय निकै दयनीय अवस्थामा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: : 2019-11-24 15:44:12

प्रतिकृया दिनुहोस्