प्रतिपक्षी नेता देउवाको गम्भीर आरोप : प्रधानमन्त्री ओलीको सल्लाहमा नै भारतले नक्सा छाप्यो

तस्बिरः नयाँ पत्रिका

भाषणले उठाएको प्रश्न : प्रमुख प्रतिपक्षी दलका नेताको यो अभिव्यक्तिले राष्ट्रियताप्रति जागरण बढायो कि नेताको बोलीप्रति विश्वास घटायो ?

चारपटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भिड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन् । देउवाले कास्की–२ को चुनावी भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको स्वीकृतिमै भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको आरोप लगाएका हुन् ।

‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । ओलीको सहमतिविना त छाप्नै सक्दैन,’ देउवाले भने । 

प्रकाशित मिति: : 2019-11-24 08:49:45

प्रतिकृया दिनुहोस्