जाहेरवाला र साक्षीलाई कडा सुरक्षा

तस्बिरः अन्नपूर्ण

गौर : राजपुर बमकाण्डमा निलम्वित सांसद मो. आफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ। छोरा मारिएको भन्दै आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका श्रीनारायण सिंहको सुरक्षाका लागि रौतहट प्रहरीले प्रहरी हवल्दार खटाएको छ। उनले २४ सै घण्टा सिंहको सुरक्षा दिँदै आएका छन्।

जाहेरवालामध्ये सिंहलाई बढी सुरक्षा थ्रेट देखिएकाले प्रहरी खटाइएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए। अर्का जाहेरवाला रोक्सना खातुनको ०६७ माघ १० गते हत्या भइसकेको छ। खातुनको हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन। सिंह परिवारको सुरक्षाका लागि नजिकैको चौकीबाट समेत प्रहरी खटिने गरेका छन्।

प्रकाशित मिति: : 2019-11-21 07:16:19

प्रतिकृया दिनुहोस्