कालापानी क्षेत्र फिर्ता गर्न सरकारको भूमिका : प्रतिक्रिया प्रशस्त, कूटनीतिक पहल सुस्त

कालापानी क्षेत्र

कालापानीलगायत अतिक्रमित भू–भाग फिर्ता गर्न सरकारका तर्फबाट भारतसँग औपचारिक संवाद सुरु हुन सकेको छैन, बरु भारतीय राजनीतिक नेतृत्वबाट कालापानी आफ्नै हिस्सा भएको दाबी दोहोरिन थालेको छ

अतिक्रमित कालापानीलगायतका क्षेत्र फिर्ता गर्ने विषयमा कूटनीतिक पहल गर्नुको साटो सरकार प्रतिक्रियात्मक बनेको छ । प्रधानमन्त्री केपी ओलीले सार्वजनिक भाषणमा सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत विरोध जनाएको छ, तर औपचारिक रूपमा भारतसमक्ष आफ्ना सरोकार राखिएका छैनन् । बरु, भारतीय राजनीतिक नेतृत्वले कालापानी आफ्नै भएको दाबी दोहोर्‍याइरहेको छ । 

भारतले नक्सा सार्वजनिक गरेको चार दिनपछि २० कात्तिकमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै विरोध जनाएको थियो । ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,’ विज्ञप्तिमा उल्लेख थियो । 

 

प्रकाशित मिति: : 2019-11-20 07:11:03

प्रतिकृया दिनुहोस्