इमरान चढेको विमानको आपतकालीन अवतरण

Agency

अमेरिकी भ्रमणपछि घर फर्किरहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको विमानमा अचानक प्राविधिक क्रृटी देखिएपछि इमरजेन्सी ल्यान्डिङ गरिएको छ। न्युयोर्कको जोन एफ केनेडी विमानस्थलबाट उडेको विमान क्यानडाको टोरन्टोको आकाशमा हुँदा प्राविधिक गडबडी देखिएको थियो। विमानलाई पुनः अमेरिका नै फर्काएको छ।

इमरान शनिबार राती न्युयोर्कमै रहने छन्। प्राविधिक क्रृटी हल भएपछि विमानलाई पुनः उडाइने छ।

१५७ दिनमा ८ हजार मिटर माथिका १३ हिमाल आरोहण गरेका निर्मल पुर्जाको सरकारलाई आग्रह

इमरान चढेको विमानको आपतकालीन अवतरण भएको जानकारी पाएपछि संयुक्त राष्ट्र संघमा पाकिस्तानको प्रतिनिधि मलिहा लोधी विमानस्थल पुगेकी थिइन।

करिब एक साता लामो अमेरिका बसाईंपछि इमरान घर फर्किने कार्यक्रम थियो। उनी हाल होटलमा बसेको जनाइएको छ।

 

प्रकाशित मिति: : 2019-09-28 18:32:54

प्रतिकृया दिनुहोस्