निर्मला हत्या प्रकरणः अनुसन्धानको सुई अझै दिलीपतिर

१० साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । करिब दुई वर्ष पुग्दै गर्दा अनुसन्धानले पूर्णता पाउने संकेत भने दिएको छ ।

घटनाका विभिन्न कोण, सूक्ष्म अनुसन्धान र विश्लेषणबाट अनुसन्धानले पूर्णता पाउने संकेत मिलेको प्रहरी अधिकारीको दाबी छ । एक प्रहरी अधिकारीले भने, ‘हामी अपराधी को हुन् भन्ने निष्कर्षनजिक पुगेका छौं, केही प्राविधिक कारणले समय लागेको हो । अब त्यसबाट हामी बाहिर आइसक्यौं ।’

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख रहेका डीएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिलेसमेत प्रहरीलाई निर्मला हत्याको अनुसन्धानको पाटो साँघुरो पारिदिएको छ ।

निर्र्मला हत्याका अभियुक्त डीएनएबाट पत्ता नलाग्ने स्पष्ट प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएसँगै डीएनएको च्याप्टर सकिएको हो ।

प्रकाशित मिति: : 2019-11-18 18:27:57

प्रतिकृया दिनुहोस्