सीमा सुरक्षा: मर्मत गरिनुपर्ने ३७ सयमध्ये २२ सय सीमास्तम्भ गायब

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको तथ्याङ्क अनुसार भारत र चीनसँग सीमाना जोडिएका ३५ जिल्लामा ३,७०० भन्दा बढी सीमास्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन्। 

सशस्त्र प्रहरीको अभिलेखमा ८,१८१ सीमास्तम्भ रहेको भएपनि नापी विभागले ‍करिब ८,५०० सीमास्तम्भ रहेको बताउने गरेको छ।

सीमा क्षेत्रका दुई हजारभन्दा बढी स्तम्भहरू बेपत्ता रहेको र दुई सयभन्दा बढी नदीले बगाएको हुनसक्ने अधिकारीहरू बताउँछन्। 

सीमामा खटिएका प्रहरीले सङ्कलन गरेका विवरणका आधारमा सीमास्तम्भहरूको अवस्था अद्यावधिक गरी गृह मन्त्रालयमा जानकारी गराउने गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले जनाएका छन्।

प्रकाशित मिति: : 2019-11-18 18:03:20

प्रतिकृया दिनुहोस्