सपना होइन, लक्ष्य होइन, तर खेल त हो

खाडी मुलुक कतारमा तीन वर्षपछि हुने विश्वकप फुटबल नेपालको सपना थिएन, होइन। त्यसको एक वर्षपछि चीनमा हुने एसियन कप पनि नेपालको लक्ष्य होइन।

तथापि, फिफा वरियतामा एसियाली देशमध्ये शीर्ष ३४ भित्र पर्न सकेकाले सोझै दोस्रो चरणको छनोटमा स्थान पाएको नेपाली राष्ट्रिय टोली विश्वकप २०२२ र एसियन कप २०२३ मा सहभागिता जनाउने बाटोमा घस्रिरहेको छ।

छनोट चरणअन्तर्गत समूह ‘बी’ मा नेपालले विश्वकपको नियमित सहभागी अस्ट्रेलियासँगै जोर्डन, कुवेत र चाइनिज ताइपेइलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ।

‘होम एन्ड अवे’ पद्धतिमा जारी छनोट प्रतियोगितामा नेपालले सबै ‘अवे’ खेल खेलिसकेको छ। नतिजा अपेक्षाभन्दा कमजोर छैन। ‘अवे’ लेगमा तीन प्रतिद्वन्द्वीसँग फराकिलो हार भोगे पनि चाइनिज ताइपेइलाई उसकै मैदानमा हराउनु नेपालका लागि बोनस थियो।
भुइँचालोमा भत्किएको दशरथ रंगशाला पुनर्निर्माण भइनसकेकाले पहिला सबै अवे खेल खेलेको नेपाल अब घरेलु खेलको तयारीमा छ। मंगलबार कुवेतसँगको खेलसँगै नेपालको घरेलु लेग सुरु हुनेछ।

प्रकाशित मिति: : 2019-11-18 17:58:14

प्रतिकृया दिनुहोस्