मेडिकल कलेज ठगी प्रकरण : १२ कलेजमाथि छानबिन, तीनमा छापा

तस्बिरः राजधानी

काठमाडौं ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका १२ वटा निजी मेडिकल कलेजमाथिको छानबिन प्रक्रियालाई तीव्र पारेको छ । छानबिनका क्रममा आवश्यक कागजात दिन अस्वीकार गरी असहयोग गरेको भन्दै विभागले आइतबार तीनवटा मेडिकल कलेजमा छापा मारेर महŒवपूर्ण कागजात नियन्त्रणमा लिएको छ । एमबीबीएस र बीडीएसको पढाइका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मेडिकल कलेजमाथि मुद्दा चलाउने अन्तिम तयारी थालेको छ ।
विभागले वीरगन्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजबाट महŒवपूर्ण कागजात नियन्त्रणमा लिएको हो । कागजात माग्दा अटेर गरेपछि छापा मारेको विभागले जनाएको छ । ती कलेजको प्रशासन कक्षमा पनि सिलबन्दी गरिएको विभागले जनाएको छ । ती कलेजहरूले विवरण, तथ्यांक र सञ्चालक समितिका निर्णय लुकाएपछि विभागले टोली खटाएको थियो । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई जानकारी दिएर शुक्रबार नै विभागले काठमाडौंबाट ३÷३ सदस्य टोली कलेजमा पठाएको थियो ।

प्रकाशित मिति: : 2019-11-18 07:18:04

प्रतिकृया दिनुहोस्