आश्रयस्थलबाट ९ शिशु गायब

गोदावरी ३ टौखेलस्थित आश्रयस्थलमा नवजात शिशुसहित सुत्केरी । तस्बिर : नीतु घले

संस्था भन्छ– ‘योग्य परिवारलाई दियौं’

ललितपुर : गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ। प्रसूतिमा रेखदेख गर्छ। त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ।

तर, ती शिशु बढ्ने क्रमसँगसँगै त्यहाँबाट गायब हुन्छन्। कहाँ लगिइन्छन् त ती ? हराएका तिनै ९ बालबालिकाबारे सरकारले ३ महिनादेखि अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2019-11-18 07:17:07

प्रतिकृया दिनुहोस्