आलम आतंक : मुद्दा चलाउने रौतहटका सरकारी वकिलको मकवानपुर सरुवा

तस्बिरः नयाँ पत्रिका

पीडितको मुद्दा लिन नमान्ने रौतहटका तत्कालीन सरकारी वकिल वीरगन्जबाट सुर्खेत सरुवा

आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाउने मोहम्मद अफ्ताब आलमविरुद्ध मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता फणीन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ । आइतबार उनको सरुवा भएको हो । असुरक्षा महसुस भएको भन्दै उनले सरुवा मागेका थिए । आलम कारागार चलान भएलगत्तै शुक्रबार नै उनी जिल्ला छाडेर काठमाडौं आएका थिए ।

मकवानपुरका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद भट्टले केही दिनपछि अनिवार्य अवकाश पाउन लागेकाले रिक्त हुने स्थानमा कटवाललाई सरुवा गरिएको हो । रौतटहमा भने विशेष सरकारी वकिल कार्यालयमा कार्यरत सुवासकुमार भट्टराईलाई खटाइएको छ । 

प्रकाशित मिति: : 2019-11-18 07:14:03

प्रतिकृया दिनुहोस्