विवाह र ब्रतबन्ध पात्रो कि कानुन हेरेर गर्ने ?

१ मंसिर, काठमाडौं । विवाह, ब्रतबन्ध, पास्नी, न्वारान, जन्मोत्सव, छैठी, बुढो–पास्नी, पितृ–कार्य, कुल पूजालगायतका सामाजिक ब्यबहार गर्दा पात्रो (साइत) हेर्ने चलन छ । यी कार्य गर्दा कानुनी नजरमा कतै गलत गरिरहेको त छैन भनेर ख्याल गरिदैन ।

जबकी, सरकारले यस्ता कार्यमा फजुल खर्च बढेको, अस्वस्थ प्रतिस्पर्धा भएको, तडकभडक बढेको, दाइजोका निहुँमा हत्या नै गर्ने जस्ता आपराधिक प्रवृति बढेको भन्दै २०३३ सालमै सामाजिक व्यवहार सुधार ऐन ल्याएको थियो । सामाजिक व्यवहार सुधार ऐन २०३३ यतिका बर्षसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । न कसैले ऐन अनुसार सामाजिक ब्यबहार गरेका छन् न सरकारले ऐन कार्यान्वयनमा तदारुकता देखाएको छ । ऐनमा सामाजिक ब्यवहारमा गरिने खर्च, बोलाइने अतिथिको सीमा तोकिएको छ । विवाहमा दाइजो लिने÷दिने बिषयलाई पनि कडाइ गरिएको छ । हाल प्रचलित ऐनअनुसार विवाहमा ५१ जनाभन्दा बढी जन्ती लैजान पाईंदैन । यो ब्यवस्था उलंघन गरे १० हजार जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुने ऐनको दफा ७ मा उल्लेख छ । त्यस्तै, विवाह भोजमा ५१ जनाभन्दा बढी बोलाउन पाइन्न । कसैले त्यसभन्दा बढीलाई बोलाएको पाइए २० हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुने ब्यवस्था छ ।

प्रकाशित मिति: : 2019-11-17 18:31:27

प्रतिकृया दिनुहोस्