कामचाेर तह लगाउन जनताले जानेको उपाय

तस्बिरः बाह्रखरी

जनतालाई पटकपटक सास्ती दिन सकिन्छ तर सधैँका लागि जित्न सकिँदैन । लाग्छ, नेपाली जनता पुराणमा वर्णित देउता हुन् । दानवहरूले पटकपटक जितेर स्वर्गबाट लखेटे पनि अन्ततः कुनै न कुनै उपाय वा कसै न कसैको सहयोगबाट उनीहरू स्वर्गमा फेरि फर्कन्छन् । शासकहरूका प्रियपात्र ठेकेदारहरूले काठमाडौंमात्र हैन देशभर निर्माण कार्यको ठेक्का लिने र काम नगरी अलमल्याउने गरेर जनतालाई सताउनुसम्म सताएका छन् । यस्ता सडक वा अन्य निर्माण सम्भार परियोजनाको नाम गनेर पनि साध्य छैन । सम्भवतः सरकारको कुनै निकायसँग पनि यसरी अलपत्र पारिएका योजनाको विवरण छैन । तर, जनताले यी धिङ्न्याहाहरूलाई तह लगाउने उपाय पहिल्याएजस्तो छ । नगरकोट जाने सडक खनेर अलपत्र छाड्ने ठेकेदारको तस्बिर छापिएको पोस्टर मोटर र बाटाघाटामा टाँस्न थालेपछि धमाधम काम थालिएको समाचार छ । 

 

प्रकाशित मिति: : 2019-11-17 13:48:03

प्रतिकृया दिनुहोस्