भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियुले फहरायो राष्ट्रिय झण्डा, एसएसबीसँग सामान्य झडप

इलाम – इलामको सन्दकपुरमा भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियु इलामका नेता तथा कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा फहराएको छ। करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट गएको अखिलको टोलीले सन्दकपुरमा राष्ट्रिय झण्डा फहराएको हो।सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीका नेता तथा कार्यकर्ताले भारतीय सीमा सुरक्षा बल एसएसबीसंग प्रतिकार गरि शनिवार नेपालको राष्ट्रिय झण्डा फहराएका छन्। अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार नै अखिलको टोली सन्दकपुर पुगेको सुवेदीले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-16 18:40:47

प्रतिकृया दिनुहोस्