बुवाको मलामी

बुवाले फोनमा बिहान ‘सञ्चो नभएकाले अस्पतालसम्म गएर आउँछु है’ भनेदेखि मन अशान्त थियो।

उमेरमा चुरोटको अम्मली बुवालाई वृद्धावस्थामा दमले च्याप्दै फोक्सोमा क्यान्सरसमेत भइसकेको थियो।

२००१ सालको जन्मका बुवालाई ७५ वर्षको उमेरमा पोहोर साल भदौमा क्यान्सर देखियो। १५ वर्षअघि दमले च्याप्न थालेपछि वर्षमा कम्तीमा एक पटक गाउँबाट काठमाडौं ल्याएर चेकजाँच गराउँथें । तर धुवाँ जमेको फोक्सो र बुढेसकाले उहाँको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गइरहेको थियो। सिन्धुपाल्चोक जलवीरेमा २००१ मंसिरमा जन्मिएका बुवा गणेश बहादुरमा आत्मविश्वास उच्च थियो। १० वर्षकै कलिलो उमेरमा पितृशोक भोगेका बुवाले १६ वर्षे उमेरमा नेपाल छाड्नुभो। अनेक हण्डर र दुःखकष्ट सहेर परदेश आसाममा ३० वर्षसम्म बस्नुभो। हामी ६ सन्तान उहीँ आसाममै जन्मिएका।

प्रकाशित मिति: : 2019-11-16 18:30:13

प्रतिकृया दिनुहोस्