सोमबार, १५ डिसेम्बर २०२५

मलाई यति नै काफी छ !

News Image
• • •

३० कात्तिक, काठमाडौं । जीवन-संगीतको धुन कस्तो हुन्छ ? कतै रोमाञ्चकता त कतै विरहको भाका जस्तो । रजनी ‘रिदम’ राईको भागमा जीवन विरहकै भाका जस्तो भइदियो । कहिले दाम्पत्य जीवनमा आइपरेका ठेसले त कहिले छोरीसँग बढेको भौगोलिक दूरीले ।

यद्यपि उनले आफ्नो जीवनको लय गुमाइनन् । भोगाईहरु जतिसुकै तीतामिठा भएपनि आफैभित्र माधुर्य धुन खोजिरहिन् । र, गुञ्जिइन् सबैतिर । ‘भ्वाइस अफ नेपाल-२’ को मञ्चमा टेक्दासम्म उनी कहाँ थिइन् ? के गर्दै थिइन् ? उति धेरै अत्तोपत्तो थिएन । तर, उनी अविछिन्न संगीतमै हेलिएकी थिइन् । ‘सानैदेखि गीत-संगीत भनेरै हुर्किएँ’ हालैको भेटमा रजनीले अनलाइनखबरसँग भनिन्, ‘थुप्रै गीत गाएँ, कति गीत चल्यो पनि । तर मेरो चिनारी बनेन ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!