आलमलाई शनिबार डिल्लीबजार कारागार ल्याइने,महरासँगै राखिने

फाइल तस्बिर।

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई शनिबार काठमाडौं ल्याइने भएको छ। उनलाई डिल्लीबजार सदरखोर कारागारमा राखिने प्रहरी स्रोतले जनाएको छ।

सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई काठमाडौं ल्याउन लागेको बताएको हो। १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई आज अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो।

प्रकाशित मिति: : 2019-11-16 07:49:20

प्रतिकृया दिनुहोस्