अन अराइभल भिसा पाइने देश : मानव तस्करको ट्रान्जिट

तस्बिरः नयाँ पत्रिका

भियतनाम र बोलिभियालाई ट्रान्जिट बनाएर नेपाली युवायुवती तस्करी

नेपालीलाई ‘अन अराइभल भिसा’ दिने देशलाई मानव तस्कर समूहले ‘ट्रान्जिट’ रूपमा प्रयोग गर्ने क्रम बढेको छ । भियतनाम र बोलिभिया नेपालीलाई ओसारपसारमा ट्रान्जिट देशका रूपमा प्रयोग हुन थालेको प्रहरीले जनाएको छ । दुवै देशले नेपालीलाई ‘अन अराइभल भिसा’ दिन्छन् । जस कारण ती देशका रुटमार्फत विभिन्न देशमा नेपालीको अवैध रूपमा ओसारपसार हुन थालेको हो ।

भियतनाममा रहेको एक भारतीय गिरोहले सयौँ नेपालीलाई त्यहाँ बोलाउने र विभिन्न देश लैजाने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । त्यसरी भियतनामबाट विभिन्न देश हुँदै अफ्रिकी देश मलावी पु-याइएका ६ जनाको नेपाल प्रहरीले उद्धार गरेको छ, जसमध्ये चारजना गत सोमबार नेपाल आइपुगे ।

 

प्रकाशित मिति: : 2019-11-16 07:38:00

प्रतिकृया दिनुहोस्