मधेशमा छैन सिके राउतको आकर्षणः उपचुनाव परीक्षाको घडी

फाइल तस्बिर

 सिके राउत नेतृत्वको जनमत पार्टीका लागि उपचुनाव शक्तिमापनका समय पनि हो । विखण्डनको नारा दिएर जन्माएको जनमत पार्टी पहिलो पटक चुनावमा भाग लिँदैछ । मधेशलाई अलग देश बनाउने नारा दिएर सिंहदरवारलाई समेत तरङगित पारेका सिके राउत मूलधारमा आएपछि जनमत पाटीको परीक्षाको समय शुरु भएको छ ।

मंसिर १४ गते हुने उपचुनावमा सिके राउतका जनमत पार्टीले बारा, सिरहा, मोरङ, सर्लाही, सप्तरी, कपिलवस्तु र महोत्तरी जिल्लाको स्थानीय तहमा हुने उपचुनावमा भाग लिएको छ । स्वतन्त्र मधेश गठबन्धन संगठनमार्फत राजनीतिमा छिरेपछि उनले ठूलै तरङ ल्याएका थिए । तर त्यो तरङ अहिलेको उपचुनावमा काम नलाग्ने तराई मधेशका विश्लेषकहरु बताउँछन् ।

राजनीतिक विश्लेषक डा.सुरेन्द्र लाभ (जनकपुर) भन्छन्, ‘उहाँसँग अब कुनै आकर्षण रहेन । अब जनता उहाँप्रति आकर्षित हुने कुनै कारण नै छैन । सिके राउतसँग अहिले न कुनै नारा छ, न कुनै एजेण्डा छ ।’

 

प्रकाशित मिति: : 2019-11-15 21:58:52

प्रतिकृया दिनुहोस्