प्रचण्डका घरबेटीको फोटो टाँसेर विरोध गरेपछि दैनिक १८ घन्टा काम

स्थानीयवासीले आफ्ना सञ्चालकको फोटो गाडी र बिजुलीका पोलपोलमा टाँसेर विरोध गरेपछि शैलुङ कन्स्ट्रक्सनले कमलविनायक-नगरकोट सडक खण्डमा धमाधम काम गर्न थालेको छ।

भक्तपुरको कमलविनायक र नगरकोट  जोड्ने सडकमा अहिले दैनिक १८ घन्टा काम भइरहेको छ।

‘डे र नाइट सिफ्टमा काम भइरहेको छ, केही अवरोध नआए समयमै सकिन्छ,’ सडक आयोजना प्रमुख जगत प्रजापतिले सेतोपाटीसँग भने। 

गत मंगलबार नगरकोटका स्थानीयवासीले शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो सवारीसाधन तथा बिजुलीका पोलमा टाँसेका थिए।  शैलुङकका सञ्चालक  अधिकारी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी हुन्।

प्रकाशित मिति: : 2019-11-15 21:44:21

प्रतिकृया दिनुहोस्