कम्युनिस्ट संस्कार र पारदर्शिता : मिडियाले एकोहोरो खोइरो खन्दा कछुवाले झैँ नेताले टाउको लुकाउँछन् !

राम कार्की

म कम्युनिस्ट हुँ भन्नुभन्दा गौरवको कुरा संसारका केही पनि छैन । म कर्णेलको छोरा हुँ, म उच्च जातिको हुँ, म धनी मानिसको छोरो हुँ इत्यादि भन्नुभन्दा पनि कम्युनिस्ट हुँ भन्नु जस्तो गतिलो कुरा केही पनि छैन । 

तर कम्युनिस्ट हुँ भन्नु र तद्अनुरूप व्यवहार गर्नु सजिलो र चानचुने कुरा होइन । म कम्युनिस्ट हुँ भन्नुको अर्थ अन्याय, भेदभाव, अत्याचारको विरोधी तथा न्याय, समानता, मुक्तिको पक्षधर हुँ भन्ने नै हो । त्यो भन्नुको अर्थ मेरो मुक्तिको संसार भनेको मानिस मात्रै हैन, म त्यसमा समग्र प्राणी वनस्पतिको सन्तुलनसहित समग्र पृथ्वीलाई बस्नलायक बनाउन चाहन्छु भन्ने पनि हो ।  यस अर्थमा कम्युनिस्ट हुँ भन्नुको अर्थ म क्लाइमेट आर्मी पनि हुँ । कम्युनिस्ट हुँ भनेको म महिला, दलित, गरिब, मजदुर, किसानको मुक्तिको पक्षधर हुँ । त्यस सँगसँगै यस संसारका समग्र प्राणीको संरक्षण, संवद्र्धन गर्ने सिपाही हुँ । त्यसैले कम्युनिस्ट हुँ भन्नुभन्दा गौरवको विषय संसारमा केही छैन ।

 
प्रकाशित मिति: : 2019-11-15 08:58:40

प्रतिकृया दिनुहोस्