पुस मध्यबाट काठमाडौंमा बिजुलीका तार जमिनमुनि गाडिँदै

  • इन्टरनेट र केबुललगायतका तार पनि गाडिने 
  •  दुई वर्षभित्र भूमिगत गरिसक्ने
  • जेलिएका तारले राजधानीलाई कुरूप मात्रै बनाएका छैनन्, जोखिम पनि बढाएका छन्

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका मुख्य सहरी क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने कार्य २०२० को जनवरीबाट सुरु गर्ने भएको छ ।  काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत तार भूमिगत कार्य सुरु गरेको दुई वर्षमा सम्पन्न हुने बताइएको छ । उपत्यकाको महाराजगन्ज तथा रत्नपार्क वितरण केन्द्रअन्तर्गतका तार भूमिगत गर्ने जिम्मा पाएको कम्पनी केइआई इन्डिस्ट्री इन्डियाले जनवरीबाटै काम सुरु गर्ने गरी निर्माणपूर्वका सम्पूर्ण तयारी पूरा गर्न लागेको प्राधिकरणले जनाएको छ । आयोजनाअन्तर्गत चार सय भोल्ट क्षमताको वितरण लाइन ५ सय किलोमिटरभन्दा बढी र ११ किलो भोल्टको चार सय किलोमिटरभन्दा बढी लाइन भूमिगत गर्न लागेको हो । यसका लागि मध्य तथा उत्तर, पूर्व तथा दक्षिण र पश्चिम गरी ३ आयोजना सञ्चालन भइरहेका छन् । 

प्रकाशित मिति: : 2019-11-14 12:45:30

प्रतिकृया दिनुहोस्