नेपालमा सुरुङमार्गः १२ ठाउँको योजना, बानेश्वर र कोटेश्वर रातो किताबमै परेनन्

सरकारले चालु आर्थिक वर्षमा नेपालका विभिन्न १२ स्थानमा सुरुङमार्ग बनाउनका लागि प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ । तर, यसरी घोषणा गरिएकामध्ये २ स्थानमा सुरुङमार्गको प्रारम्भिक अध्ययन गर्न बजेट नै विनियोजन गरिएको छैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत काठमाडौंको नयाँ वानेश्वर र कोटेश्वरमा पनि सुरुङमार्ग बनाउन प्रारम्भिक अध्ययन गर्ने घोषणा गरेको थियो । तर, यी दुई स्थानका लागि सरकारले बजेट दिएको छैन र रातो किताबमा पनि परेको छैन ।


नयाँ बानेश्वर र कोटेश्वरमा सुरुङमार्ग बनाउन अध्ययन गर्ने बजेट चालु आर्थिक वर्षको रातो किताबमा नपरेको सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए । अन्य स्थानका विषयमा विभागले प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति: : 2019-11-13 17:06:56

प्रतिकृया दिनुहोस्